कतारमा हुने विश्वकप फुटबलमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने

काठमाडौं, चैत २ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेको छ ।

फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको छ ।

सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भइसकेको छ ।

यस्तै बैठकले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह–आयोजक राष्ट्र थप्ने निर्णय गरेको छ ।

उक्त निर्णयसँगै कतारसँगै अर्को एक गल्फ राष्ट्रमा विश्वकप हुनेछ ।

कतार विश्वकप जाडो मौसममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौसममा हुँदै आएका थिए ।

फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो ।

तर, फिफाको बैठकले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो ।

फिफाले कतारमा अत्यधिक गर्मी हुने जनाउँदै विश्वकप जाडो मौसम गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्