सार्वजनिक बिदा १३ दिन कटौतीः ०७६ मा १५ दिन मात्रै बिदा (सूचीसहित)

काठमाडौँ, चैत २ । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो ।

०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५ मा कटौती गरेको थियो। तर, विभिन्न जाति, समुदायले सार्वजनिक विदान कटौतीको विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका थिए।

सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलोकन कार्यदल नै गठन गरेको थियो।

तर, कार्यदलको सिफारिससमेत अस्वीकार गर्दै सरकारले अघिल्लो वर्षको बिदा कटौती कायम राखेको हो।

यी हुन् राष्ट्रिय बिदा हुने दिन
१ वैशाखः नयाँ वर्ष
१८ वैशाखः मजदुर दिवश
४ जेठः बुद्धजयन्ती
३ असोजः संविधान दिवश
१८–२२ असोजः दशैंं बिदा (फूलपातीदेखि एकादशीसम्म)
१०–१२ कात्तिकः तिहार बिदा
९ फागुनः शिवरात्रि
२६ फागुनः होली (पहाड), २७ फागुन मधेश
२८ फागुनः महिला दिवश

प्रतिक्रिया दिनुहोस्