ग्रान्डि इन्टरनेशनल हस्पिटल र कामना सेवा विकास बैंकबीच सम्झौता

काठमाडौं, १ चैत । कामना सेवा विकास बैंक लिमिटेड र ग्रान्डि इन्टरनेशनल हस्पिटलबीच विशेष छुट पाउने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र ग्रान्डि इन्टरनेशनल हस्पिटलको तर्फबाट मार्केटिङ्ग एण्ड बिजनेश डेभ्लोप्मेन्टका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार अब यस बैंकका प्रिपेड÷डेबिट कार्ड भएका ग्राहकहरुले ग्रान्डि इन्टरनेशनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले विश्वास लिएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा ७३ वटा शाखा तथा २९ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्