सिई कन्ट्रक्सन प्रा.लि. को रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । सिई कन्ट्रक्सन प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कन्ट्रक्सनले फागुन ३० गते नेपाल रेड क्रस सोसाईटी, काठमाडौंसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन सीई ग्रुप अफ कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देेशक ई.विजयराज भण्डारीले गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक राजभन्डारीले नेपाल जस्तो गरिबीको रेखा मुनी रहेका देशमा स्वास्थ्य क्षेत्र झन समस्या ग्रस्त रहेको बताए । उनले यस्ता सामाजिक संघ/संस्थाले आयोजना गर्ने रक्तदान लगायतका कार्यक्रमले समस्या ग्रस्त क्षेत्रलाई केहि राहत भएको दावी गरे । उनले कम्पनीले विभिन्न समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको जानकारी दिंदै रक्तदान कार्यक्रममा सहभागी ग्रुपका कर्मचारी तथा सहकार्य गर्ने सबैलाई धन्यवाद दिए ।
कम्पनीको केन्द्रीय कर्यालय त्रिपुरेश्वरमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ९० जना रक्तदाताले रक्तदान गरेको थिए ।















प्रतिक्रिया दिनुहोस्