साफ महिला च्याम्पियनसिपमा श्रीलंका र माल्दिभ्स भिड्दै, गर या मर मा दुबै टिम

काठमाडौं, १ चैत्र । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत आज श्रीलंकाले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरको शहिद रंगशालामा दिउँसो ३ बजे समूह ‘बी’ को खेलमा श्रीलंकाले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेलमा माल्दिभ्सलाई जित्नै पर्ने दबाव छ। भने, श्रीलंकाले जितेमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने छ । यसले गर्दा यो खेल अति रोचक हुने देखिन्छ ।

सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि पनि आजको खेल माल्दिभ्सलाई जित्नै पर्ने हुन्छ । यसअघि भारतसँग माल्दिभ्स ६–० गोलअन्तरले पराजित भएको थियो । त्यसकारण पनि आज उसको लागि ‘गर’ या ‘मर’को अवस्था छ । यता, पहिलो खेल खेल्न लागेको श्रीलंका भने माल्दिभ्सलाई पराजित गर्दै एक खेलअघि नै सेमिफाइनलमा पुग्न चाहन्छ । त्यसले रो खेद रोचक हुनेछ ।

बिहीबार भएको खेलमा भुटान लगातार दुई खेलमा पराजित भएसँगै समूह ‘ए’बाट आयोजक नेपाल र बंगलादेश एक खेल खेल्नुअघि नै सेमिफाइनलमा पुगिसकेको छ । परिणाम के आउला हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्