नेपाल र बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं, फागुन ३० । घरेलु टोली नेपाल र साविक उपविजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ-साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन्।

तीन टोली रहेको समूहमा भुटानले लगातार दोस्रो हार ब्यहोरेपछि आपसमा भिड्नुअघि नै बंगलादेश र नेपालले अन्तिम चारमा स्थान बनाएका हुन्। बिहीबार भएको खेलमा बंगलादेशले भुटानलाई २-० गोलले हराएको हो । भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालसँगको खेलमाम भुटान ३-० गोलले पराजित भएको थियो। अब नेपाल र बंगलादेशबीच शनिबार हुने खेलको नतिजाले समूहको विजेता र उपविजेता तय गर्ने छ।

अर्को समूहको खेलमा बुधबार भारतले माल्दिभ्सलाई ६–० ले हराएको थियो ।

प्रतियोगिताअन्तर्गत् शुक्रबारको खेलमा माल्दिभ्सले श्रीलंकासित खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्