सरकारले उत्पादन भएजति सबै बिजुली किन्‍ने

काठमाडौं, फागुन ३०। सरकारले उत्पादन भएजति सबै बिजुली किन्‍ने भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरिद गर्ने प्रतिबद्धता जनाएका छन्।

निजी क्षेत्रले उत्पादन गर्ने बिजुली विद्युत् प्राधिकरणले खपत नगरे पनि भुक्तानी गर्ने (टेक अर पे)को पीपीएको सीमा सकिएको सार्वजनिक भइरहेका बेला ऊर्जा मन्त्री पुनले विद्युत् बिक्रीको बजार सरकारले खोज्ने भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका हुन्।

विद्युत् विकास विभागले बुधबार निर्माणाधीन जलविद्युत् आयोजनाले व्यहोरिरहेका समस्या र समाधानका प्रयासबारे गरेको छलफलमा मन्त्री पुनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा दशकसम्बन्धी विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्