स्तुपा टु स्तुपा ५४ किलोमिटर अल्ट्रा दौड प्रतियोगिता हुने

काठमाडौं, २९ फागुन । ट्रेल रनिङ्ग नेपालको आयोजना र बलाजु कराते–डो प्रतिष्ठान, नेपालको सहयोगमा स्तुपा टु स्तुपा ५४ किलोमिटर अल्ट्रा दौड प्रतियोगिता हुने भएको छ ।

चैत्र २ गते शनिबार काठमाडौंको स्वयम्भुनाथ मन्दिरबाट शुरुभई नागार्जुनको जामाचोक, मुड्खु, तारकेश्वरको तीनपिप्ले, काभे्रस्थलीको गुर्जे, डाँडागाउँ, बुढानिलकण्डको नागी, कपनको ग्रृन मण्डलाहुँदै बौद्ध स्तुपासम्म स्तुपा टु स्तुपा ५४ किलोमिटर अल्ट्रा दौड प्रतियोगिता हुने भएको हो

खेलाडीहरुको आत्मबल बढाउन र खेल ममार्फत नेपालको पर्यटकीय क्षेत्रको विकास गर्ने उदेश्यकासाथ यस्ता कार्यक्रमहरु गर्दै आएको बलाजु कराते–डो प्रतिष्ठानका संस्थापक अध्यक्ष ध्रुब विक्रम मल्लले जानकारी दिए ।

गतवर्षदेखि यस्ता प्रतियोगिता गर्दै आएको प्रतिष्ठानले यस वर्षपनि यस खेललाई निरन्तरता दिँदै ५३ किलोमिटर अल्ट्रा दौड प्रतियोगिता आयोजना गरेको प्रतिष्ठनका अध्यक्ष मल्लले जानकारी दिए । उनले यस पटकको प्रतियोगितामा १०० भन्दा बढि विदेशी तथा नेपाली खेलाडिहरुले भाग लिने बताए ।

सन् २०१८ मा भएको प्रतियागितामा अमेरिका, फ्रान्स, इटाली, स्पेन, बेलायत, हङ्गकङ्ग, जापान, चिली, साउथ अफ्रीका, स्लोभाकिया, जर्मनी, बुल्गेरिया, मलेशिया, बंगलादेश, नेदरल्याण्ड, भारत र नेपाल गरि १८ देशका खेलाडीहरुले भाग लिएको थिए ।

प्रतियोगिताको पहिलो संस्करणमा महिला तर्फ नेपालकी सुनमाया बुढाले ५ घण्टा ३६ मिनेट ३६ सेकेण्डमा र पुरुषतर्फ बेलायतका सिमोन क्यास्ट्रो उल्रिजले ५ घण्टा ३८ मिनेट ३७ सेकेण्डमा दौड पूरागरी पहिलो विजेता बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्