साफ महिला फुटबल: माल्दिभ्सविरुद्ध भारतको पहिलो हाफमै पाँच गोल

काठमाडौं, फागुन २९ । मं‌गलबारदेखि विराटनगरमा जारी सहिद रंगशालामा सुरु भएको साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा अहिले भारत र माल्दिभ्सका खेलाडीबिच प्रतिस्पर्धा भइरहेको छ ।

खेलमाफर्त भारतले माल्दिभ्सविरुद्ध पहिलो हाफमै ५ गोलको अग्रता बनाएको छ ।

भारतले सुरुमै आक्रमक प्रदर्शन गर्दै पहिलो हाफको १४ मिनेटमित्र तीन गोलको अग्रता बनाएको थियो । भारतका लागि पहिलो गोल खेलको आठौँ मिनेटमा ग्रासेई दाङ्गमैईले गरिन् ।

पहलो गोल गरेको पाँच मिनेट नबित्दै भारतका लागि स्विटी देवीले अर्को गोल थप्दै अग्रता २-० मा पुर्‍याइन् । त्यसपछि भारतका लागि खेलको २३ औँ मिनेटमा इन्दुमतिले गोल गर्दै अग्रता ३-० मा पुर्‍याएकी थिइन् ।

त्यसपछि भारतका लागि खेलको २७ औँ मिनेटमा सञ्जुले अर्को व्यक्तिगत गोल थप्दै ४-० को अग्रता दिलाइन् । भारत यतिमै रोकिनेवाला थिएन ।

उसका लागि पहिलो हाफमा पाँचौ गोल रतन्वाला देवीले गरिन् । मंगलबार भएको उद्घाटन खेलमा नेपाले भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो ।

महिला साफ च्याम्पियन्सिपमा भारत चार पटकको च्याम्पियन हो । यो पटक नेपाली चेलीहरुको टिमलाई पनि उपाधि दाबेदार मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्