मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार !

मले

काठमाडौं, फागुन २९ । मलेसियामा अलपत्र परेका २३ नेपालीको उद्दार गरिएको छ ।

हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका उनीहरुलाई उद्दार गरेर नेपाल फर्काइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार फागुन १६ गते १ जना, २१ गते ४ जना र २८ गते १८ जना गरी कूल २३ नेपालीलाई स्वादेश पठाइएको हो ।

मलेसियास्थित नेपाली राजदूतावासको प्रयासमा सिमोनिया, बुकिट जलिल र सेपांग घर फिर्ति केन्द्रमा अलपत्र परेका २३ नेपालीको उद्दार गरिएको हो ।

राजदूतावासले फाल्गुण महिनामा विभिन्न घरफिर्ती केन्द्रहरुमा रहेका नेपालीहरुलाई उद्दारगर्ने उद्देश्यले भेटघाट गरेको थियो।

लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या देखिने हुँदा राजदूतावासले यथाशीघ्र उद्दार गर्न जरुरी देखी दूतावासबाट एकतर्फी हवाई टिकट उपलब्ध गराउदै आएको छ ।

दूतावासले अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्