सरकार र सीके राउतबीच भएको ११ बुँदेको विरोध गर्ने १६ अधिकारकर्मी प्रहरीद्वारा पक्राउ

काठमाडौं, फागुन २९ । सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका मानवअधिकार तथा शान्ति समाजसम्बद्धका १६ जना पक्राउ परेका छन् ।

सरकार–सीके राउतबीचको सहमतिको विरोधमा बुधबार सिंहदरबारअगाडि गरिएको प्रदर्शनकाक्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अधिकारकर्मी कृष्ण पहाडी, सो समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा। गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगरलगायत छन् ।

प्रदर्शनकारीहरुले ‘११ बुँदे नौटंकी अपराधजन्य सहमति’, ‘सार्वभौमसत्तामाथि खेलवाड बन्द गर’लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्