दुई साता अघिदेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा

काठमाडौं, फागुन २९ । पहिरोका कारण दुई साता अघिदेखि अवरुद्ध भएकोे जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।

सडक सञ्चालनमा आएपछि यात्रु, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज भएको त्रिपुरासुन्दरी नगरपालिका–५ का जयकृष्ण उपाध्यायले बताए ।

यसअघि सडक अवरुद्ध भएका कारण गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने बाध्यता थियो ।

डोल्पा र रुकुम पश्चिम जिल्लाको सिमानामा पर्ने खदाङ्–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि दुई सातापछि सो सडकखण्ड सञ्चालनमा आएको हो ।

पहिरो हटाउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्