गृहमन्त्री थापा ६ दिने भ्रमणका लागिअष्ट्रिया प्रस्थान
काठमाण्डौ , फागुन २९ । गृहमन्त्री रामबहादुर थापा ६ दिने भ्रमणका लागि मंगलबार अष्ट्रिया प्रस्थान गरेका छन् ।
मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय ९यूएनओडीसी०को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् ।
यो बैठकले संयुक्त राष्ट्रसङ्घको लागुऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आउँदा दिनको विश्वव्यापी नीति र मार्गदिर्नेशन तय गर्नेछ ।
बैठकमा गृहमन्त्री थापाले नेपालको लागुऔषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गगराउने उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।
यस्तै गृहमन्त्री थापाले यूएनओडीसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस्