बेलायत सरकारले पक्षपात गरेको भन्दै भूतपूर्व गोर्खा सैनिक आक्रोशित
ँ
लन्डन । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधनका लागि गरेको ‘प्याकेज’ घोषणामा भूतपूर्व गोर्खा सैनिकहरूले असन्तुष्टि जनाएका छन् ।
बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टरले गत बिहीबार घोषणा गरेको पेन्सन वृद्धि लगायत प्याकेजमा भूतपूर्व गोर्खा सैनिकहरूले असन्तुष्टि जनाएका हुन् ।
घोषित प्याकेजमा सन् २०१६ बाट लागू हुने गरी व्यक्तिगत दर्जा हेरेर १० देखि ३४ प्रतिशतसम्म पेन्सन वृद्धि गरिने उल्लेख छ । २०१६ को १ जनवरीदेखिको वृद्धि रकम ‘गुड विल प्याकेज’का रूपमा एकमुष्ट उपलब्ध गराउने जस्ता कुरा घोषणा गरिएको छ ।
घोषणामा यो आर्थिक वर्षमा ४६ मिलियन पाउन्ड ९६ अर्ब ७० करोड रुपैयाँ० छुट्ट्याइएको जनाएको छ ।
आन्दोलनरत भूपू गोर्खाहरूले भने पेन्सन वृद्धिको निर्णयप्रति आक्रोश पोखेका छन् । पूर्ण समानताका लागि भइरहेको आन्दोलनलाई बेलायत सरकारले थोरै पेन्सन बढाएर बेवास्ता गरेको भूतपूर्व गोर्खा सैनिकहरूको भनाइ छ ।
सन् १९९७ भन्दा अगाडि अवकाशप्राप्त गोर्खाले भन्दा बेलायती भुपू सैनिकले तीन गुणा बढी पेन्सन पाउने गरेको तामाङ बताउँछन् । ती गोर्खाहरूले मासिक करिब ४३ हजार रुपैयाँ पेन्सन पाउँदै आएको छ ।
मृत्यु भएका गोर्खाका विधवाहरूले यसको ६० प्रतिशत पाउँछन् । गेसोले भुपू सैनिकका विधवाहरूले पनि समान पेन्सन पाउनुपर्ने माग गर्दै आएको छ । ल्यान्कास्टरको घोषणामा यसलाई सम्बोधन गरिएको छैन ।














प्रतिक्रिया दिनुहोस्