पश्चिम अफगानिस्तानमा तालिवान लडाकू र सुरक्षा फौजबीच भिडन्त, ११सुरक्षाकर्मीको मृत्यु

काठमाडौं, फागुन २८ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते भएको स्थानीय सञ्चारमाध्यम टोलो टेलिभिजन च्यानलले जनाएको छ ।

प्रान्तीय राजधानी कला–ए–नाउबाट उत्तरमा पर्ने यस इलाकामा सोमबार राति दर्जनौं सङ्ख्यामा सशस्त्र तालिबान लडाकूहरु बन्दुक र भारी हातहतियारका साथ भीषण आक्रमण गरेको प्रान्तीय सरकारका प्रमुख जियाउला हक फिरोजले जानकारी दिएका छन् ।

यद्यपि, यस झडपमा परी कैयौं आतङ्ककारी पनि मारिएका तथा घाइते भएका फिरोजले दाबी गरेका छन् । यो स्थान अफगानिस्तानको राजधानी काबुलबाट ५५५ किलोमिटर टाढा छ ।

गत आइतबार पनि बाला मुर्घाब जिल्लामा रहेको सेनाको शिविरमा तालिवान लडाकू समूहले गरेको आक्रमणमा २० भन्दा बढी सैनिक मारिनुको साथै २८ जना घाइते भएका थिए । –सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्