विराटनगरमा आजदेखि साफ महिला च्याम्पियनसिप फुटबल सुरु हुँदै ,अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं, फागुन २८ । विराटनगरमा आज देखि साफ महिला च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सको सहभागिता रहनेछ ।

विराटनगरको शहीद रंगशालमा दिउँसो साढे १२ बजे प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ । औपचारिक समारोहको पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन् । प्रतियोगिताको पहिलो खेलमा दिउँसो तीनबजेपछि हुनेछ । पहिलो खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।

साफ महिला च्याम्पियन्सीपको पाचौँ संस्करणसम्म आइपुग्दा नेपाल र भूटान दुई पटक आमनेसामने भएका छन् । जसमा नेपालले दुवै खेलमा जित हात पारेको छ ।

अन्तर्रा्ष्ट्रियस्तरको पछिल्लो पाँच खेलमा दुईमा जित, दुईमा हार र एकमा बराबरी बनाएको नेपाली टोलीको प्रर्दशन सन्तुलित रहेको छ । पछिल्लो पाँच खेलमा नेपालले म्यानमारसँग भारतमा भएको वुमन्स गोल्डकपमा दुईपटक हार व्यहोरेको थियो ।

समूह चरणको खेलमा ३–० ले पराजित नेपाली टोली उपाधि भिडन्तमा समेत ३–१ पराजित भएको थियो । त्यसैगरि, सोही प्रतियोगितामा इरान र भारतलाई भने पराजित गर्न टोली सफल भएको थियो । २०२० मा हुने एएफसी वुमन्स ओलम्पिक क्वालिफाइङको पहिलो चरणको खेलमा बंगलादेशसँग भने नेपाली टोली समान एक गोलको बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्