अज्ञात समूहद्वारा तरुण दलका सक्रिय कार्यकर्ताको हत्या
काठमाडौँ, फाल्गुन २७ । अज्ञात समूहले रुपन्देहीमा नेपाल तरुण दलका एक कार्यकर्ताको हत्या गरेको छ ।
देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा अज्ञात समूहले हत्या गरेको हो ।
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।
आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही पुर्याइएको लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले बताए ।
प्रहरीले आक्रमण गर्ने समूह फरार रहेको बताए पनि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
कांग्रेस क्षेत्रीय सभापति तथा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर खत्रीले पुरी तरुण दलको सक्रिय कार्यकर्ता रहेको जानकारी दिए ।














प्रतिक्रिया दिनुहोस्