अमेरिकी सेनाद्वारा आइएसको कब्जामा रहेको बागुज गाउँमा आक्रमण

आइएसको कब्जामा रहेको बागुज गाउँमा अमेरिकी सेनाले आक्रमण गरेको छ । इस्लामिक स्टेट (आइएस) समूहको कब्जामा रहेको सिरियाको एक भूभागमा अमेरिकी गठबन्धन सेनाले भीषण कारबाही सुरु गरेको छ ।

आइएसको अन्तिम कब्जामा रहेको बागुज गाउँमा अमेरिकी सहयोग रहेको सिरियाली डेमोक्रेटिक फोर्सले आक्रमण सुरु गरेको हो ।

यो क्षेत्रमा अझै आइएसका कयौं लडाकु रहेको बताइएको छ । आइएसको नियन्त्रण रहेको क्षेत्रलाई घेराबन्दी गरेर प्रवेश गरेको सेनाले कारबाही गरिरहेको छ ।

सिरियाको बागुज गाउँलाई कुर्द र अरब सेनाले घेरा हालेका छन् । आइएसका लडाकुले यो स्थानबाट नागरिकलाई बाहिर निकाल्न भन्दै आफ्नो अभियान रोकेका बेला गठबन्धन सेनाले आक्रमण गरेको हो ।

सिरियाली डेमोक्रेटिक फोर्सले पछिल्ला दिनमा आइएसमाथिको कारबाहीमा सफलता पाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्