कोरियाले १० हजार नेपाली कामदार लैजान
काठमाडौं, फागुन २७ । दक्षिण कोरियाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कामदार लाने भएको छ ।
सन् २००८ बाट रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार नेपाली कामदार लगिरहेको कोरियाले यस पटक सबैभन्दा बढी कोटा तोकेको हो ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार उत्पादन क्षेत्रका लागि ७ हजार ५० र कृषि क्षेत्रका लागि ३ हजार कोटा निर्धारण गरिएको छ । कोरियामा कार्यरत विदेशी कामदारको मूल्यांकनमा नेपाली अगाडि देखिएपछि कोटा संख्या बढाइएको हो ।
कोरियाले नेपालसहित १६ देशबाट प्रत्येक वर्ष ५० हजार कामदार आपूर्ति गर्छ ।














प्रतिक्रिया दिनुहोस्