१सय ४९ जना यात्रु बोकेको विमान दुर्घटना


काठमाडौं, फागुन २६ । इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ ।

राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेको बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका खबरमा उल्लेख छ ।

विमान राजधानी आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिण पूर्वमा रहेको बिस्फोटु भन्ने ठाउँमा विष्फोट भएको एअरलाइन्सले बताएको छ ।

आदिस अबाबाको बोले एअरपोर्टबाट बिहान ८ बजेर ३८ मिनेटमा उडेको विमानको ८ बजेर ४४ मिनेट जाँदा टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

दुर्घटनामा ठूलो संख्यामा हताहति भएको आशंका गरिएको इथियोपियाका प्रधानमन्त्री अभि अहमदले बताएका छन् ।

यसैबीच इथियोपियाका प्रधानमन्त्री बबिय अहमदले विमान दुर्घटनाप्रति शोक प्रकट गरेका छन् । । दुर्घटनास्थलमा उद्धार कार्य जारी छ । दुर्घटनामा भएको मानवीय क्षतिबारे विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्