बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द !
काठमाडौं , फागुन २६। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आज देशभरका म्यानपावर कम्पनी बन्द गराएका छन् ।
घटनाको भत्र्सना गर्दै आज देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो ।
गत शुक्रबार काठमाडौंको बसुन्धरास्थित गुरुङको घरमै पार्क गरी राखिएको कारमा बम विस्फोट गराइएको थियो ।
अध्यक्ष गुरुङको घरमा भएको विस्फोटका कारण पार्किङ गरी राखिएको गाडी पूर्णरुपमा ध्वस्त भएको थियो भने घरमा आगलागी समेत भएको थियो ।
घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।
संघले तत्काल दोषीलाई पक्राउ गरि कारबाही नगरेको वैदेशिक रोजगारमा कामदार पठाउन अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी पनि दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्