प्रतिनिधिसभा बैठक: सिके राउतसँग भएको सम्झौताबारे सदनलाई जानकारी गराउन सांसदहरुको माग

काठमाडौं, फागुन २६ । काठमाडौँ – सांसदहरुले सरकार र सिके राउतबीच भएको सम्झौताबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकका लागि घातक ठहरिने खालका शब्द प्रयोग गरेर राउतसँग सम्झौता गरिएकोमा आपत्ति समेत जनाएका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै राजपाका सांसदहरुले उठेर विरोध जनाउँदै विशेष समयको माग गरेका थिए ।

त्यसपछि बोलेका राजपा अध्यक्ष मण्डलका संयोजक समेत रहेका सांसद महेन्द्र राय यादवले सिके राउतसँग भएको सम्झौताबारे सदनलाई जानकारी गराउन माग गरे ।

‘के सरकार जनमत संग्रह गर्ने विषयमा सहमत भएको हो रु सम्झौतामा त्यस्तै झल्कीन्छ, प्रष्ट धारणा चाहियो,’ यावदले भने, ‘राजपा अखण्ड नेपालको पक्षमा छ, मुलुक विभाजन गर्ने कुरा राजपालाई स्वीकार्य हुन सक्दैन ।’

उनले मधेस आन्दोलनबारे सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदन तत्काल सदन मार्फत सार्वजनिक गर्न पनि माग गरे ।

त्यसपछि सभामुख महराले राजपाको माग बमोजिम उक्त प्रतिवेदन सावजनिक गर्न सरकारलाई रुलिङ्ग गरेका छन् ।

यस्तै प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले पनि सिके राउतसँग भएको सम्झौताबारे सदनमा प्रष्ट जवाफ दिन माग गरेका छन् ।

‘सम्झौतामा मुलुकको अखण्डता विपरित आपत्तिजनक शब्द प्रयोग भएका छन्, के सरकारले जनमत संग्रह स्वीकार गरेको हो, हामीलाई जवाफ चाहियो,’ थापाले भने ।

केहि दिन अगाडी मात्रै सरकारले छुटै मधेसु हुनुपर्ने भन्दै पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउतसँग ११ बुँदे राजनीतिक सहमति गरेको गरेको थियो ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले हस्ताक्षर गरेका थिए। यसैबिषयमा नेकपाभित्र पनि विवाद चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्