उत्तर कोरिया रकेट प्रक्षेपण गर्ने तयारीमा, स्याटलाइट तस्वीरहरु सार्वजनिक

काठमाडौं, फागुन २५ । उत्तर कोरियाले रकेट प्रक्षेपणको तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राजधानी प्योङयाङ नजिकको सामुन्डोङ परीक्षण केन्द्रबाट मिसाइल परीक्षणको तयारी भैरहेको स्याटलाइट तस्वीरहरु सार्वजनिक भएका हुन् ।

सामुन्डोङमा धेरैजसो व्यालेष्टिक मिसाइल र रकेटहरुको अन्तिम काम हुने गर्दथ्यो ।

उत्तर कोरियाको मुख्य रकेट परीक्षण स्थल सोहय फेरि सञ्चालनमा ल्याउने तयारी भैरहेको समाचार सार्वजनिक भएको एक हप्ता नबित्दै रकेट प्रक्षेपण गर्न लागेको रिपोर्ट प्रकाशमा आएको हो ।

विज्ञहरुले भने प्योङयाङ मिसाइल परीक्षण भन्दा पनि स्याटलाइट परीक्षणको तयारीको चरणमा रहेको विश्वास गरेका छन् ।

गरेका गत वर्ष अमेरिकासंगको वार्ता रोकिए पछि सोहाय केन्द्र निस्कृय बनाउने तयारी रोकिएको थियो ।

हिजो मात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाले आणविक हतियार परीक्षण पूनः गरे त्यसले निराश बनाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्