गृहमन्त्री थापाले भने -विप्लव समुहका हिंसात्मक गतिविधिले शान्ति सुरक्षा कायम राख्न समस्या भयो ‘
काठमाडौं, फागुन २५ । गृहमन्त्री रामबहादुर थापाले विप्लव समुहका हिंसात्मक गतिविधिले शान्ति सुरक्षा कायम राख्न समस्या सिर्जना गरेको बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरुसंग कुरा गर्दै उनले वर्तमान राज्य प्रणालीमा सबै अटाउन सक्ने भएकाले विध्वंसात्मक गतिविधि गर्न आवश्यक नभएको जिकिर गरे ।
गृहमन्त्री थापाले विप्लव लगायतका समुहलाई मूलधारमा आउन अपिल समेत गरे ।
गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम राख्न सरकार कठिबद्ध रहेकोले राज्य विरुद्ध लाग्ने समुहका गतिविधि विस्तार हुने आधार नभएको जिकिर गरे ।
उनले सरकार कठोरतापूर्वक अगाडि बढेकाले हिंसात्मक गतिविधि गर्ने समुहहरु छिट्टै नियन्त्रणमा आउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्