सर्वाधिक लोकप्रिय स्टार खेलाडी सन्दीप लामिछानेको टिमले आज इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, २५ फागुन । पाकिस्तान प्रिमियर लिग (पीएसएल) अन्तर्गत नेपाली युवा तथा सर्वाधिक लोकप्रिय स्टार खेलाडी सन्दीप लामिछानेको टोली लाहोर कलन्दर्सले आज इस्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धा गर्दै छ । यो खेल नेपाली समयअनुसार बेलुका ८ः३०मा सुरु हुनेछ ।
खेलबाट इस्लामाबादको ८/८ खेलबाट लाहोरको ६ अंक छ । लाहोर साविक विजेता इस्लामाबादसँग पहिलो लेगमा ५ विकेटले पराजित भएको थियो । बाँकी दुवै खेल जितेर प्लेअफमा पुग्ने लक्ष्यसहित दुवै टोली हिजै कराँची पुगेका छन् ।

यूएईमा जारी प्रतियोगिताका बाँकी दुई खेल लाहोर टिमले कराँचीमा खेल्नेछ । यसअघिको खेलमा पेशावर जाल्मीबिरुद्ध विकेट लिन नसकेका सन्दीपले ५ खेलमा १० विकेट लिइसकेका छन् ।
प्लेअफमा स्थान बनाउन लाहोर र इस्लामाबाद दुवैका लागि यो खेल उत्तिकै महत्वपूर्ण छ । लिगमा इस्लामाबादको यो अन्तिम खेल हो भने लाहोरको अझै एक खेल बाँकी रहेको छ ।
लाहोरले स्लामाबाद युनाइटेडसँग प्रतिस्पर्धामा जीत हासिल गरेमा सन्दीप लामिछानेको लोकप्रियता झन बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्