काठमाडौं महानगरले ६ महिनाभित्र सबै कुकुर बन्ध्यकरण गरिसक्ने
काठमाडौं, २५ फागुन । छाडा चौपायाले दुःख दिंदै आएको काठमाडौं महानगरपालिकाले अबको ६ महिनाभित्र सबै कुकुर बन्ध्यकरण गरिसक्ने भएको छ । कामपाको सहयोगमा सञ्चालित मनुभित्र कार्यक्रम अन्तर्गत १४ हजार कुकुरको बन्ध्यकरण हुन लागेका हो ।
हालसम्म करिब ७ हजार कुकुरको बन्ध्यकरण भइसकेको कामनपाले जनाएको छ । । कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा बन्ध्यकरण कार्यक्रम महानगरको २१ वडामा सम्पन्न भइसकेको छ । अब बाँकी रहेको ११ वटा वडा ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक डा संगीता सापकोटाले जानकारी दिए ।
उहाँका अनुसार सन् २०१६ अप्रिलमा सिंहदरबारका कुकुर बन्ध्यकरण गरी सुरु गरिएको कार्यक्रम अबको ५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । कार्यक्रमअन्तर्गत वडामा रहेका कुकुरको यकिन पहिचान गर्ने र त्यसलाई बन्ध्यकरण र औषधी उपचार गरी सोही स्थानमा छाड्ने प्रचलन रहेको छ ।
यो समाचार नेपाल समाचारपत्रमा ईश्वरराज ढकाललले लेखेका छन् ।














प्रतिक्रिया दिनुहोस्