सन्दीप लामिछाने किन पुगे कराचीमा ?
काठमाडौं, फागुन २४ । पाकिस्तान सुपर लिगका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम लाहोर कलन्दर्स कराची पुगेको छ ।
टिमसँगै सन्दीप र उनका म्यानेजर रमन सिवाकोटी पनि कराची पुगेका छन् ।
पूर्व निर्धारित तालिका अनुसार लाहोरले बाँकी खेल घरेलु मैदानमा खेल्ने बताइएको थियो ।
तर भारत र पाकिस्तानबीचको तनावका कारण सुरक्षाका कारण अन्तिम समयमा कराँचीमा सारिएको हो । युएईमा २६ खेल खेलेपछि बाँकी खेल खेल्न सहभागि ६ वटै टोली पाकिस्तान गएका छन।
पीएसएलमा बाँकि रहेका सबै खेल कराँचीमा हुनेछ। यसअघि ६ खेल कराँची र २ खेल लाहोरस्थित गद्दाफी स्टेडियममा हुने भनिएको थियो । लिग चरणमा ४ खेल बाँकी छन्, जसमा सन्दीपको लाहोरले बाँकी रहेका २ खेलमा शनिबार इस्लामावाद युनाइटेडसँग खेल्दैछ।
शनिबारको खेलमा नेपाली खेलाडी सन्दीप टिममा पर्ने प्रवल सम्भावना रहेको छ ।
८ खेलमा ३ खेलमात्र जितेको लाहोर ६ अंकसहित अंक तालिकाको पाँचौ स्थानमा छ। त्यसैले उसका लागि शनिबारको खेल गर या मरको अवस्थामा रहेको छ ।
लाहोरले अन्तिम लिग खेलमा सोमबार मुल्तान सुल्तानसँग खेल्नेछ। यदि शनिबार लाहोर पराजित भएमा उसको प्लेअफको सम्भावना लगभग समाप्त हुनेछ ।
प्रतियोगितामा सन्दीपले १० विकेट लिएका छन् । उनले क्वेटा ग्लाडिएटर्सविरुद्ध ४ विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस्