सिके राउतसँग सरकारले गरेको सहमतिको नेपाली कांग्रेसद्वारा स्वागत, अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु पर्नेमा जोड
काठमाण्डौ , फागुन २४ । नेपाली कांग्रेसले स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतसँग सरकारले गरेको सहमतिको स्वागत गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सिके राउतको रुपान्तरण र सम्झौता स्वागतयोग्य भएको बताएका हुन्।

नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज रहेको पनि उनले बताए ।
शर्माले अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु जरुरी रहेको बताए ।
‘अनेक रंगको अतिवादबाट विगतदेखि नै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई ‘सबैको र समृद्ध’ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य नै हो,’ उनले भने ।














प्रतिक्रिया दिनुहोस्