महिला दिवसको अवसरमा ललितपुरमा पुरुष पदयात्रा !
काठमाडौं, फागुन २४ । महिला दिवसको अवसरमा ललितपुरमा पुरुष पदयात्रा गरिएको छ । ललितपुरको जावलाखेलबाट सुरु भएको ¥याली दमकल, पुल्चोक हुदै पाटन दरबार क्षेत्रमा पुगेर टुङ्गिएको थियो ।
अन्तरर्राष्ट्रिय महिला दिवस ८ मार्चका अवसरमा ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारस्समृद्धिको आधार’ नारा सहित महिला र बालिकामाथि हुने हिंसाविरुद्ध पुरुष पदयात्रा भएको हो ।
युवालयको आयोजनामा तथा २२ भन्दा बढी संघसंस्थाको सहकार्यमा ललितपुरमा पदयात्रासम्पन्न गरिएको छ। कार्यक्रममा करिब २०० पुरुष सहभागी थिए ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई सन्देशमूलक बनाउन र परम्पराभन्दा भिन्न ढङ्गले मनाउन पुरुषहरूलाई अघि सारिएको हो ।
लैंगिक समानता र महिला तथा बालिका विरुद्ध हुने हिंसाको अन्त्यका लागि पुरुषको ऐक्यबद्धताका निम्ति पदयात्रा आयोजना गरिएको थियो।
पुरुषहरूबीच पनि महिलाका मुद्दा छलफल गरी तिनबारे संवेदनशील बनाउनु साथै ती मुद्दाहरूलाई आत्मसात् गराई महिला र बालिकामाथि हुने हिंसाको अन्त्य गर्ने पनि यस पदयात्राको मुख्य उदेश्य रहेको थियो।

महिला अधिकारका सवाल राष्ट्रिय र सबैको हुँदाहँदैपनि महिलाले मात्रै उठाउँदै आएका छन् । यसले गर्दा महिला अधिकारका मुद्दामा थुप्रै उपलब्धि हासिल भएपनि यो दिगो हुन नसकेको हुनाले अब यो आन्दोलनमा पुरुषहरूलाई पनि बराबर हिस्सेदार बनाउनु जरुरी रहेको सहभागीले बताएका छन् ।
कार्यक्रमको समापनमा मेन्स इन्गेज अलाइन्सका राष्ट्रिय संयोजक माधव प्रधानले आधा आकाश ओगटेका नारी शक्तिलाई आत्मनिर्भर बनाउनुका साथै उनीहरूको सम्मान गर्न सके मात्र मुलुक पनि समृद्ध बन्ने बताए।
उनले भने, ‘हरेक पुरुषले आफ्नो घरबाटै महिलाको सम्मान गर्न सुरु गर्नुपर्छ । अनि मात्र महिला हिंसाका घटनामा कमी आउँछन्।’
पुरुष पदयात्रा पर्साको वीरगन्ज महानगरपालिका र कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजना गरिएको जानकारी युवालयका कार्यक्रम संयोजक सबिन बुढाथोकीले जानकारी दिए ।
युवालयले विगत छ वर्षदेखि महिला दिवसमा पुरुष पदयात्रा गर्दै आइरहेको छ ।














प्रतिक्रिया दिनुहोस्