सीके राउतले भने–‘हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो रगतमा बगेको छ
काठमाडौं, फागुन २४ । पृथकतावादी आन्दोलन छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेका सीके राउतले आफू कहिल्यै हिंसाको पक्षधर नरहेको दाबी गरेका छन् ।
स्वतन्त्र मधेस गठबन्धनका नाममा चलाइएको पृथकतावादी अभियान छाडेर मूलधारको राजनीतिमा सहभागी भएको घोषणा गर्दै राउतले भने–‘हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो रगतमा बगेको छ ।’
सरकार र राउतको गठबन्धनबीच भएको ११ बुँदे सम्झौता घोषणा कार्यक्रममा बोल्दै राउतले सरकारसँग भएको सहमतिलाई ‘ऐतिहासिक’ पनि भनेका छन् ।
सहमति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेको भन्दै उनले धन्यवादपनि दिए ।
बिहीबार काठमाडौंको सभागृहमा भएको कार्यक्रममा चन्द्रकान्त ९सीके० राउत र गृहमन्त्री रामबहादुर थापाबीच ११ बुँदे राजनीतिक सहमति भएको हो ।
प्रधानमन्त्री ओलीको रोहबरमा भएको उक्त सहमतिपछि राउतले अब स्वतन्त्र तराईको माग गर्ने छैनन् ।
आफूहरूले अहिंसात्मक आन्दोलन गरेको र त्यो आन्दोलन कुनै समुदायविरूद्ध नभएको पनि राउतले बताए ।
सरकार र आफ्नो संगठनबीचको ऐतिहासिक सहमतिले सरकार र जनता सबैको जित भएको पनि राउतले उल्लेख गरेका छन् ।














प्रतिक्रिया दिनुहोस्