कांग्रेस प्रवक्ता शर्माले गरे क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग

काठमाण्डौ , फागुन २३ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

उनले श्रीमती कविता शर्मासँग विवाह भएको १६ औँ वर्षको अवसर पारेर धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ९धुर्मुस० लाई सहयोग हस्तान्तरण गरेका हुन् ।

विवाह भएको १६ औँ वर्ष पूरा गरेकोले उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैँया सहयोग गरेका छन् ।

सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे ।

प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभूत गरेमा देशको विकास हुन समय नलाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्