सीके राउतलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं, फागुन २३ । केही महिनायता काठमाडौँमा थुनामा रहेका ‘विखण्डनवादी नेता’ सीके राउतलाई छाड्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई छाड्न आदेश दिएको हो।

राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्