अर्थमन्त्री खतिवडा भन्छन् – पूँजीनिर्माण गर्न लगानी विधेयक ल्याइएको हो ‘
काठमाडौं, फागुन २३ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सम्मृद्ध मुलुक निर्माणका लागि पूँजीनिर्माण गर्न सरकारले सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक ल्याएको बताएका छन्।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयकु माथि को सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले पूँजीको आवश्यकता पूरा गर्न विधेयक प्रस्तुत भएको स्पष्ट पारेका थिए।
संभावनालाई उपलब्धिमा रुपान्तरण गर्न पूँजी, प्रविधि, ज्ञान र उद्यमशीलतामध्ये पूँजीको आवश्यकता पूरा गर्न विधेयक प्रस्तुत भएको हो। पूँजी केन्द्रीकृत र एकाधिकारी प्रवृत्तिको नहोस् भन्नेमा सरकार सचेत छ, उनले स्पष्ट पारे।
निजी क्षेत्रसंगको सहकार्य गरि राष्ट्रिय पूँजी निर्माण गरी सम्मृद्धि हासिल गर्दै उन्नत समाजवादतर्फ दिशामा सरकार अघि बढेको समेत उनले बताएका थिए।
संविधानले राज्यका साधन स्रोत, उत्पादनका साधनलाई केन्द्रीकरण गरेर राज्य निर्देशित आर्थिक प्रणाली अपनाउन पर्छ नभनेको स्पष्ट पार्दै उनले संविधानले निजी सम्पत्तिलाई सुरक्षा र उपभोगको स्वतन्त्रता दिएको स्पष्ट पारे।
प्रस्तावित विधेयकमा रहेका केही प्राविधिक विषयमा भने संसोधन गर्न सकिने उनले बताएका थिए।
यसअघि सांसदहरुले विधेयकमा उल्लेखित लगानी बोर्डको संरचना र दायित्व तथा क्षेत्राधिकारमा आवश्यक संसोधन गर्न सुझाव दिएका थिए।
प्रतिक्रिया दिनुहोस्