धनगढीमा व्यापारीको अपहरण, परिवारसँग १५ लाख रुपैयाँ फिरौती माग
काठमाडौं, फागुन २३ । कैलालीको धनगढीका एक व्यापारीको अपहरण भएको छ ।
आरम्भ फेन्सी स्टोरका सन्चालक जगतबहादुर सिंहको अपहरण भएको प्रहरीले पुष्टि गरेको हो ।
उनी बुधबार राति धनगढीबाटै अपहरणमा परेको प्रहरीले जनाएको छ ।
सिंहका परिवारका सदस्यले सो बारेमा बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका छन् ।
अपहरणकारीले भारतीय नम्बरबाट फोन गरी सिंहको परिवारसँग १५ लाख रुपैयाँ फिरौती माग गरेको जनाइएको छ ।
अपहरणकारीको पहिचान भएको छैन ।
सिंहको अवस्था र अपहरणकारीका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्