काठमाडौंको मखन टोलमा आगलागी , घटनास्थलमा ६ वटा दमकल
काठमाडौं, फागुन २३ । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।
हनुमानढोका पछाडितिरको भागमा रहेको रञ्जु तुलाधरको घरमा आगलागी भएको स्थानीयले जानकारी गराएका छन् ।
आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
घट्नास्थलमा ६ वटा दमकलले आगो नियन्त्रण लिने प्रयास गरिरहेको छ ।
६ वटा दमकलले आगो नियन्त्रण लिने प्रयास गरिरहेको छ। आगलागीको कारण र क्षतिबारे जानकारी आइनसकेको डिएसपी खत्रीले बताए।














प्रतिक्रिया दिनुहोस्