नेपालले केन्यामा खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सर्‍यो, अब कहिले त ?

काठमाडौं, फागुन २२। नेपालले केन्यामा खेल्ने भनिएको टी–२० क्रिकेट सिरिज सरेको छ । नेपाली क्रिकेट टिमले केन्यामा हुने भनिएको टी–२० क्रिकेट सिरिज सरेको हो ।

प्राविधिक कारणले खेल मिति सानु परेको क्रिकेट केन्याले उल्लेख गर्दै केही दिनमै नयाँ मिति सार्वजनिक गर्ने पनि बताएको छ ।

मार्च २२ देखि ३१ तारिखसम्म आयोजना गर्ने भनिएको टी–२० क्रिकेट सिरिज दुईदेखि तीन सातासम्म सार्न लागिएको क्रिकेट केन्याले जानकारी दिएको छ ।

८ टिमको सहभागिता रहने प्रतियोगितामा प्रत्येक देशका ए टिम रहने छन् भने प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने छन् । यो सिरिजमा सहभागिता जनाउनका लागि नेपाली क्रिकेटले आईसीसीसँग अनुमति मागेको थियो । तर अहिलेसम्म स्वीकृति भने पाएको छैन ।

प्रतिक्रिया दिनुहोस्