आउँदो आइतबार राष्ट्रपति भण्डारी अमेरिका भ्रमणमा जाँदै, भ्रमण तालिका यस्तो छ

काठमाण्डौ , फागुन २१। राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छन् ।

राष्ट्रपति भण्डारी कमिशन अन द स्टेटस अफ विमिनुको ६३ औं संस्करणमा भाग लिन आगामी फागुन २६ गते आइतबार अमेरिकाको न्यूयोर्क जान लागेकी हुन् ।

मंगलबार पत्रकार सम्मेलन गरी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति भण्डारीको यस भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने जानकारी पनि दिए।

यस संस्करणलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा यो कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्