पोखरामा लगातार ४ प्याराग्लाइडिङ दुर्घटना , आज फेरि रसियन पाइलटको मृत्यु

काठमाडौं, फागुन २१ । पोखरामा आज फेरी पाराग्लाइडिङ दुर्घटना भएको छ । दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै दुर्घटना भएको बताइएको छ ।

सराङकोटबाट उडान लिने क्रममा बजारिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ४२ बर्षिय रसियन पाइलट डिमिटभिल स्टेप्सिन छन् । उनि सोलो पाइलट हुन् । स्टेप्सिनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार मात्र माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका दुई ग्लाइडर दुर्घटनामा परेका थिए ।

तीन दिन अघि रोमानीयका सोलो पाइलटको फेवातालमा खसेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्