चारवटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन
काठमाडौँ, फागुन २१। संसदीय सुनुवाइ विशेष समितिले चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ ।
मङ्गलबार बसेको समितिको बैठकले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र थारू आयोगका अध्यक्षको नाम अनुमोदन गरेको हो ।
वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा।विजयीकुमार दत्त र थारू आयोगमा विष्णुप्रसाद चौधरीको नाम अनुमोदन गरेको हो ।
समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।















प्रतिक्रिया दिनुहोस्