लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अञ्जु कुमारी गुप्ता
काठमाडौं, २१ फागुन । लुम्बिनी विकास बैंक लिमिटेडकोमा बसेको सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम अञ्जु कुमारी गुप्तालाई स्वतन्त्र सञ्चालकमा नियुक्ती गरेको छ ।
नवनियुक्त सञ्चालक अञ्जु कुमारी गुप्ताले बैंकका सञ्चालक समितिका अध्यक्ष शुशिलराज पराजुलीबाट सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् ।
उक्त अवसरमा लुम्बिनी विकास बैंकका सञ्चालकहरु डा.रुप ज्योति, प्रविण कृष्ण श्रेष्ठ, प्रतापकुमार आचार्य, रामचन्द्र सिग्देलको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस्