सन्दीप लामिछानेको टिम लाहोर क्लन्दर्सले आज पेशावर जाल्मीसँग प्रतिस्पर्धा गर्दै, जित्नै पर्ने दवाव

काठमाडौं, २१ फागुन । पाकिस्तान सुपर लिग (पीएसएल)क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्लन्दर्सले आज पेशावर जाल्मीसँग प्रतिस्पर्धा गर्दै छन् ।

दुबईस्थित शिख जायेद रंगशालामा नेपाली समयअनुसार ५ बजेर १५ मिनेटमा लाहोर र पेशावरबीच प्रतिस्पर्धा हुन लागेको हो । आजको खेल लाहोरका लागि निकै महत्वपूर्ण छ । लिगको पाँचौ स्थानमा रहेको लाहोरलाई प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाउनका लागि पनि आजको खेल जित्नै पर्ने दवाव छ ।

पेशावर पनि लाहोरलाई पराजित गर्ने लक्ष्यमा छ । ८ खेलमध्ये पाँच खेलमा जीत र तीन खेलमा हार ब्यहोरेको पेशावरले १० अंक बनाउँदै लिगको दोस्रो स्थानमा छ । सात खेल खेलेको लाहोरले तीन खेलमा जीत र एक खेलमा हार ब्यहोर्दै ६ अंक मात्रै बनाएको छ भने लिगको पाँचौ स्थानमा छ ।

सन्दीपले पाकिस्तान सुपर लिग क्रिकेटमा चार खेलबाट १० विकेट लिई सकेका छन् । एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै आएका सन्दीपले आजको खेलमा कस्तो प्रदर्शन गर्लानन् त्यो भने खेलले बताउने छ । सबै खेलको प्रतिक्षामा छन् ।

प्रतिक्रिया दिनुहोस्