नेपालमा पहिलो पटक आज क्रिकेट अवार्ड प्रदान गरिंदै, क-कसले पाउदैँ छन् अवार्ड ?

काठमाडौं , फागुन २१ । नेपाल क्रिकेट खेलाडी संघ ९सिप्यान०ले आज क्रिकेट अवार्ड वितरण गर्दैछ ।

सिप्यानले पहिलो पटक क्रिकेट अवार्ड समारोह आयोजना गर्न लागेको हो । विभिन्न पाँच विधाका क्रिकेट खेलाडी एवं क्रिकेटकर्मीलाई पुरस्कृत गर्ने सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

रुसी साँस्कृतिक केन्द्र कमलपोखरीमा आज दिउँसो २ बजेदेखि अवार्ड कार्याक्रम आयोजना हुनेछ । यसका लागि विभिन्न विधाको मनोनयन यसअघि नै सार्वजनिक गरिएको छ ।

सिप्यानले वर्षको उत्कृष्ट खेलाडी पुरुषतर्फ दिपेन्द्रसिंह ऐरी, करण केसी, पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामी तथा महिलातर्फ इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री, सरिता मगर र सिता रानामगरलाई मनोनयनमा राखेको छ ।

यसैगरी बर्षको उदयमान खेलाडीको मनोनयनमा अभिनाश बोहरा, कविता कुवँर, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दिप जोरा परेका छन् ।

सिप्यानले ‘मोमेन्ट अफ दी इयर’ विधाका लागि उत्कृष्ट १० खेलाडीको मनोनयन यसअघि नैं सार्वजनिक गरिसकेको छ ।

क्रिकेट खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान दिने व्यक्तिलाई लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

बर्षको उत्कृष्ट हुने पुरुष खेलाडीले एक लाख ३२ हजार रुपैयाँ पाउनेछन् भने अन्य विधाका विजेताहरुले ६६ हजार रुपैंया पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्