कमिसनको खेलमा ग्यास उद्योगी, मारमा उपभोक्ता

काठमाडौं, २० फगुन । हाम्रो देशमा ठूला ठूला राजनीतिक परिवर्तनदेखि साना तिना माग सम्बोधन गर्न पनि बन्द अड्ताल गर्ने परम्परा नै भईसकेको छ । यसले गर्दा सर्वसाधरण मारमा पर्दै आएको छ । आन्दोनलको विकल्प नभएको जस्तो भइसकेको छ ।
त्यस्तै फेरी पनि नेपाल एलपी ग्यास उद्योग संघले कमिसन कम भएको भन्दै १० बुँदे माग राख्दै आन्दोलन थालेको छ । यसको मार सर्वसाधरणमा परिसकेको छ । खाना पकाउने ग्याँस जस्तो दैनिक उपभोग्य बस्तुसंग जोडिएको संवेदनशिल बस्तुलाई वास्ता नै नगरी ग्गास व्यवसायिहरु आन्दोलनमा उत्रनु, विक्रिवितरण बन्द गर्नु कत्तिको जायज होला ? यो प्रश्न गम्भिर रुपमा उठ्ने गरेको छ । सम्बन्धित निकायले सरोकारवाला निकायलाई समयमै निकास खोज्नु र वार्ताबाटै समस्याको समाधान गर्न किन सकिरहका छैन ? बारम्बार किन नेपाली जनता यो बन्द अड्ताल र अभावको समस्या खेप्नु परिरहेको छ ?

आन्दोलनको कार्यक्रमहरु घोषणा गरेपश्चात नेपाल आयन निगमले ग्यास उद्योगीहरुलाई वार्तामा डाकेको छ ।

निगमले सोमबार विज्ञप्ति जारी गरी ब्यवसायीको मागका सम्बन्धमा अधिकार सम्पन्न समिति गठन गरेको र वार्ताका लागि आह्वान गरेको जनाएको छ । निगम ग्यास ब्यवसायीसँग छलफल गरेर तार्किक निष्कर्षमा पुग्न तत्पर रहेको कुरा विज्ञप्तिमा उल्लेख गरेको छ ।

निगमले वयवसायीबाट घोषित कार्यक्रमहरु फिर्ता गरी विधि र विधान अनुसार समस्याका समाधान खोज्न तथा सर्वसाधारण उपभोक्तासंग दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने एलपी ग्यासजस्तो अत्यावश्यक वस्तुको संवेदनशिलतालाई गम्भिरताका साथी बुझिदिई र विनाशर्त वार्तामा आउन समेत निगमले अनुरोध आग्रह गरेको छ ।
संघले पाँच वर्षसम्म राजनीतिक संक्रमण र निर्वाचनका कारण नाफाघाटा नहेरी उद्योग संचालन गरेको बताउँदै पाँच वर्षको अवधिमा सरकारले आफ्ना माग नसुन्दा धेरै उद्योग बिक्री भएको र केहीले घरखेत बिक्री गरेर चलाईरहेको संघका अध्यक्ष गोकुल भण्डारी बताए ।

संघले ग्यास उद्योगको संचालन खर्च र बिक्रेतारवितरकको कमिशन बढाउनुपर्ने, ग्यासको बिक्रीको कमिशन तराईमा घटाईएको, कोटा बढाउनु पर्ने, नेपाली ग्यास बुलेट संचालन हुनुपर्ने लगायतका १० बुँदे माग राखेका छन् ।

संघले फागुन १७ गतेदेखि ग्यासको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) खरीद गर्न छाडेका छन् । फागुन २२ गतेदेखि भारतबाटै ग्यास उठाउन बन्द गर्ने, फागुन २५ गतेदेखि सबै भन्सार नाकाबाट ग्यास बुलेट नछुटाउने, फागुन २८ गतेदेखि सबै ग्यास उद्योग बन्द गर्ने र फागुन ३० गतेदेखि ग्यास बिक्रेताबाट ग्यास बिक्री गर्ने हड्तालका कार्यक्रम घोषणा गरेका छन् । यो मर्का र शिकारमा भने सर्वसाधारण पर्ने गरेको छ । यसप्रति सम्बन्धि नियकाले समयमै ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्