श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, फागुन १९ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातछे श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता रामश्वर दंगालले जनाएका छन्।

जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाइदिने भनेर उनले सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको थियो ।

अख्तियारको टङ्गालस्थित मुख्यालयबाट गएएको टोलीले प्रशासकीय अधिकृत श्रेष्ठलाई सेवाग्राहीसँग रू।२५ हजार घुस लिएको फेला पारेको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको देखिन आएको भनद्दै उनलाई जरिवाना र कैद सजाय हुन मागदाबी गरेर मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्