क्रिकेट खेलाडी अवार्ड: तीन विधाको मनोनयनमा उत्कृष्ट खेलाडीको नाम सार्वजनिक

काठमाण्डौ, फागुन १९ । नेपाल खेलाडी संघ र एनसीएसएसको आयोजनामा हुन लागेको क्रिकेट खेलाडी अवार्डमा वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका खेलाडीको सूची सार्वजनिक गरिएको छ ।

यस वर्ष उत्कृष्ट प्रदर्शन गरेर टिममा राम्रो छाप बनाएका ५ जना महिला र पुरुष खेलाडीको सूची सार्वजनिक गरिएको हो ।

जसमा पुरुष तर्फ दिपेन्द्रसिंह ऐरी, करण केसी, पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् । यस्तै महिला तर्फ इन्दु बर्मा, करुणा भण्डारी, रुवीना क्षेत्री, सरिता मगर र सिता रानामगर रहेका छन् ।

यस्तै वर्षको उदीयमान खेलाडीमा पनि ५ जना खेलाडी मनोनयनमा परेका छन् । मनोनयनमा पर्ने खेलाडीमा अभिनाश बोहरा, कविता कुँवर, ललित नारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा रहेका छन् ।

सिप्यानले आयोजना गर्न लागेको अवार्डमा विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गर्न लागिएको छ । जसमा यसअघि मोमेन्ट अफ दी इयरमा परेका उत्कृष्ट १० खेलाडीको नाम सार्वजनिक गरिएको थयो ।

यस्तै बाँकी तीन विधाको लागि मनोनयन आइतबार सार्वजनिक गरिएको हो । कार्यक्रम मंगलबार हुनेछ।

यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ।

वर्षको उत्कृष्ट खेलाडी पुरुषलाई नगद १ लाख ३२ हजार रुपैयाँ प्रदान गरिनेछ। अन्य चार विधामा ६६ हजार प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्