पूर्वअर्थमन्त्री अधिकारीको अन्त्येष्टि , तीन छोरीले दिए दागबत्ति (फोटो फिचर)
काठमाडौं, फागुन १९ । पूर्वअर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको अन्त्येष्टि गरिएको छ। अधिकारीको पार्थिव शरीरलाई तीन छोरीले दागबत्ती दिएका छन्।
छोरीहरु लुना, लिमा र लिजा गरी नेता अधिकारीलाई तीन छोरीले दागबत्ती दिएका हुन।
काठमाडौंको पशुपतिस्थित आर्यघाटमा नेकपाका नेतासमेत रहेका अधिकारीको अन्त्येष्टि गरिएको हो।
अधिकारीलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।
उपचारको क्रममा शनिबार बेलुका निधन भएका थियो। अधिकारीको अन्तिम संस्कारअघि उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्