स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रमको आयोजना

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय, कृष्णपुरले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका स्थित वाणी र गुलरियामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कृष्णपुर नगरपालिका स्थित वाणी र गुलरिया आसपास क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागीतामा कार्यक्रम आयोजना गरिएको हो । वित्तीय संस्थाले आफ्नो अभियान अन्तरगत विभिन्न जिल्लामा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दै आएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले स्वावलम्बन लघुबित्तले ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक बिकासमा ठुलो योगदान पु¥याएको बताए । उनले यस प्रकारका वित्तीय साक्षरता कार्यक्रमले स्थानीय समुदायको वित्तीय व्यवस्थापनमा सहयोग पु¥याउने बताए । कृष्णपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष आशाराम चौधरीले बचत तथा कर्जा सम्बन्धी यस प्रकारका जनचेतनामूलक कार्यक्रमले कर्जाको सही सदुपयोग र बचतको उचित व्यवस्थान गर्न सिकाई जनताको आर्थिक सामाजिक अबस्था बलियो बनाउन सघाउने बताए ।

स्वच्छ लघुवित्त, हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा इलाका कार्यालयका प्रतिनिधि, शाखा कार्यालयका प्रतिनिधि, शाखा कार्यालय अन्तरगतका विभिन्न केन्द्रका केन्द्र प्रमुख, उप प्रमुख, सदस्यहरु, अभिभावक, स्थानीय बुद्धिजीवि, जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । “स्वच्छ लघुबित्त, हाम्रो अभियान” नारा बोकेको उक्त कार्यक्रममा ३ सय बढि महिला सदस्य, अभिभावक, जनप्रतिनिधि तथा बुद्धिजिबिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्