अरुण तेस्रो प्रसारण लाईन निर्माण : भारतले दियो लगानी स्वीकृत

काठमाडौं, फागुन १८ । अरुण तेस्रो जनविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि भारत सरकारले एसजेभिएन ९सतलज विद्युत निगम० लिमिटेडलाई स्वीकृति दिएको छ ।

अरुण तेस्रोलाई भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको साझेदारीमा खोलिएको एसजेभिएनले निर्माण गर्न लागेको हो ।

एसजेभिएनले नेपालमा अरुण तेस्रो जलविद्युत आयोजना निर्माण गर्न सहायक कम्पनी एसजेभिएन–अरुण तेस्रो खोलेको छ । उक्त कम्पनीले ४ सय केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ ।

प्रसारण लाइन संखुवासभाको दिदिङदेखि धनुषाको ढल्केवर हुँदै नेपाल–भारतको सीमा बथनासम्म पुग्नेछ । –

प्रतिक्रिया दिनुहोस्