ताप्लेजुङ हेलिकप्टर दुर्घटना: टुडिखेलको श्रद्धाञ्‍जली अब भोलि विहान ८ बजे

काठमाडौं , फागुन १६ । हेलिकोप्टरमा ज्यान गुमाएका मन्त्री रवीन्द्र अधिकारी सहित अन्यको शव भोलिमात्रै श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ।

टुँडिखेलमा हुने भनिएको श्रद्धान्जली सभा भोलि विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो ।

सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो ।

तर, पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको छ । चिकित्सकहरुका अनुसार सातै जनाको पोष्टमार्टम सकिन ४र५ घन्टा लाग्छ ।

दुई जनाको मात्रै सनाखत भएको छ भने अन्यको भने हुन नसकेको छैन। अब डिएनएबाट शव सनाखत गरिने प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्