हेलिकप्टर दुर्घटना : मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारलाई नेकपाको आग्रह

काठमाण्डौ , फागुन १६ । हेलिकप्टर दुर्घटनामा मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारलाई नेकपाले आग्रह गरेको छ ।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएका परिवारलाई आर्थिक सहयोग गर्न सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारलाई आग्रह गरेको हो ।

बिहीबार बसेको नेकपाको सचिवालय बैठकले परिवारको आर्थिक स्थिति र आवश्यकता हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ९प्रकाश०ले जानकारी दिए ।

हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शव पोष्टमर्टम सकिएपछि श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राख्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्